धरानमा लक डाउनमा थप कडाइ, भोलिबाट केहि युवा समेत परिचालन गरिने

धरानमा लक डाउनमा थप कडाइ, भोलिबाट केहि युवा समेत परिचालन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १७ चैत । लक डाउनको सातौ दिन धरानमा कडाइ गरिएको छ । लकडाउनको छैठौ दिनसम्म विहान ३ देखि ६ बजेसम्म धरानको पालिका तरिकारी बजारमा तरकारी किन्ने व्यवस्था गरिदा अत्याधिक भीड बढेपछि आजबाट कडाइ गरिएको हो ।

अत्यावश्यक तरकारीका लागि अहिले धरान १३ कृषि बजारबाट मात्र उपलब्ध हुने गरी मिलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानले बताउनुभयो ।

लकडाउन कडाइ गरेकै कारण अहिले लकडाउन उल्लंघन गर्ने सर्वसाधारण नगन्य भएको डिएसपी न्यौपानेले बताउनुभयो । उहाले एम्बुलेन्स, दूधका गाडी देखि अत्यावश्यक बाहेकका नीजि सवारी साधन धरानमा गुड्न छाडेकाले धरानको सडक सुनसान रहेको समेत बताउनुभयो । यस्तै अहिले बढी भीडभाड नहोस् र सम्भावित कोरोनाको जोखिम कम गर्न धरानका व्यवसायिक फर्महरु बराह ग्रुप प्रा.लि, गोरखा डिपार्टमेन्ट स्टोरले फोन सम्पर्कमार्फत घरघरमा तरकारी पु¥याउने काम गरेको छ भने धरान उपमहानगरपालिकाले समेत कृषि बजारसंग समन्वय गरेर सर्वसाधारणलाई सागसब्जी सहज रुपमा आपूर्ति गर्ने व्यवस्था मिलाएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।

सर्वसाधारणले समेत लकडाउनको इमान्दारीपूर्वक पालना गरेका छन् । आज विहान सब्जी लिन पालिका तरकारी बजार जादा सर्वसाधारणलाई बीचबाटोबाटै सुरक्षाकर्मीहरुले फर्काएको धरान १५ की सरस्वती थापाले बताउनुभयो ।

यस्तै लकडाउनलाई कडा बनाउन उपमहानगरपालिकाले धरान उपमहानगर क्षेत्रमा प्रहरी, नगर प्रहरीसंगै विभिन्न राजनितिक दलका ८० जना युवा स्यंम् सेवककोरुपमा परिचालन गर्ने भएको छ ।

विव्भिन्न राजनितिक दलका ८० जना स्यंम् सेबक युवाहरुलाई आज सोमबार २०–२० जनाका दरले ११ बजे, १२ बजे, १ बजे र २ बजे धरान उपमहानगरपालिकामा ओरेन्टेसन दिईने छ । ओेरेन्टेसन पछि भोली मंगलबारदेखि धरानका विभिन्न स्थानहरुमा उनीहरुलाई खटाईने बताइएको छ ।