सुनको मूल्य ८५ हजार पुग्यो !

सुनको मूल्य ८५ हजार पुग्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । अमेरिकी डलरको मूल्य आकासिदै गएपछि स्थानीय बजारमा सुनको मूल्य पनि आकासिदै गएको छ ।

लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यलाई अध्ययन गर्दा नेपाली बजारमा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् ।

भाउमा आएको निरन्तरको उतार–चढावका कारण गत साउनदेखि नै सुन बजार अस्तव्यवस्त बनेको छ । अझ त्यसलाई कोरोनाले थप मलजल गरेको महासचिव बज्राचार्यले बताए । ‘भाउ नतोकेर हामीले सरकारलाई सघाएका छौँ । तर, मूल्य तोलाकै ८५ हजार पुगिसकेको छ,’ बज्राचार्यले भने ।

बजार गतिलो नभएका कारण बैंकहरुले यस वर्ष धेरै सुन आयात नगरेकाले सुनको मौज्दात नरहेको महासंघले जनाएको छ ।