गुल्मीमा एक पुरुषको श’व बेवारिसे अवस्थामा फेला

गुल्मीमा एक पुरुषको श’व बेवारिसे अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १७ चैत । जिल्लाको मुसिकोट नगरपालिका-४ भगलाममा एक पुरुषको श’व बेवारिसे अवस्थामा फेला परेको छ ।

भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैंडा जाने सडक खण्डको ५० मिटर मुनि बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको श’व बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको श’वलाई प्रहरीले पोष्टमार्टमका लागि गुल्मी अस्पताल लागेको छ ।

ती पुरुष को हुन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।