नेपाल -भारत सीमास्थित पुल नखोलेपछि महाकालीमा पौडिएरै घर आइपुगे तीन नेपाली!

नेपाल -भारत सीमास्थित पुल नखोलेपछि महाकालीमा पौडिएरै घर आइपुगे तीन नेपाली!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १७ चैत । महाकालीबाट पौडिएरै तीनजना नेपाली दार्चुला पुगेका छन् । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकामस्थित पुल स्थानीय प्रशासनले नखोल्दा ३ दिनदेखि महाकाली पारि रहेका तीनजना महाकाली नदीमा पौडिएरै नेपाल आएका हुन् ।

महाकालीमा हेलिएरै नेपाल आइपुग्‍नेमा बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का इन्द्रसिंह खाती र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिका-३ का रमेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रशाद जोशीले जानकारी दिएका छन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए । पुल नखोल्दा एक हजारभन्दा बढी नेपाली भारततिर अलपत्र परेको दुखेसो सुनाउन ज्या’न जोखिममा राखेर नेपाल आएको इन्द्रसिंह खातीले बताए ।