कोरोनाको सं’क्रमण नफैलिओस् भन्दै उत्तर प्रदेशका सरकारी अधिकारीले मान्छेको शरीरमा केमिकल छर्किदिएपछि…!


एजेन्सी, १७ चैत । कोरोना भाइरसको सं’क्रमण नफैलिओस् भनेर भारतको उत्तर प्रदेशका अधिकारीहरूले मानिसको शरिरमा केमिकल छर्किदिएका छन् ।

बाहिरबाट आएका बालबालिकासहित मजदुर महिला पुरूषलाई सडकमा भेला पारेर बरेली जिल्लामा सोडियम हाइपोक्लोराइट सोलुसन छर्किइएको हो ।

नयाँदिल्लीलगायत ठाउँबाट आएका मजदुरबाट अरूमा कोरोना भाइरसको सं’क्रमण नफैलिओस् भनेर सावधानी अपनाउनका लागि सरकारले औषधी छर्कन लगाएको थियो ।

बरेलीका अधिकारीहरूले बाहिरबाट आएका मानिस चढेको बस डिसइन्फेन्कसन गर्न गएका नगरपालिका र वारूण यन्त्रका कर्मचारीले मानिसलाई केमिकल छर्केको भन्दै गल्ती स्वीकारेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उक्त केमिकलले मानिसको शरिरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस