एक गाउँबाट अर्को गाउँ प्रवेशमा रोक (फोटो फिचर)

एक गाउँबाट अर्को गाउँ प्रवेशमा रोक (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको बेलामा बुधबार पनौती रोडमा चलाएको मोटरसाइकल चेक गर्दै सुरक्षाकर्मी । तस्वीर ः पेमा लामा÷ रासस
भारतको सीमा नाका गड्डा चौकीमा रोकिएका नेपाली मध्ये बाजुराका ४६ जना जिल्लामा पुगेर सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्न आएका व्यक्तिहरु । ती मध्ये मार्तडीमा ३४ जनालाई मात्र क्वारेन्टाइनमा राखिएका छन् । अन्य १६ जना आ– आफ्नै पालिकामा राखिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनु भएको छ । तस्वीर ः प्रेम रौले÷ रासस
विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले लकडाउन गरेको अवस्थामा पोखराको रानीपौवामा बुधबार खाना पकाउने सिलिण्डर ग्यास पाइने आशामा बसेका सर्वसाधारण । बजारमा केही दिन यता ग्यासको अभाव भएपछि सर्वसाधारणले सास्ती पाएका छन् । तस्वीर ः कृष्ण दवाडी÷रासस
कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा नेपाल सरकारले ‘लकडाउन’ गरेपछि एक गाउँबाट अर्को गाउँ प्रवेशमा स्थानीय युवाले रोक लगाइएको छ । कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको हो । तस्वीर ः अरुणकुमार यादव÷रासस