२४ घण्टामा स्पेनमा कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरै मानिसको मृ’त्यु


एजेन्सी, १८ चैत । पछिल्लो समय २४ घण्टामा कोरोनाको केन्द्रबिन्दू बनेको स्पेनमा कोरोना भाइरसको सं’क्रमणबाट ९ सय १३ जनाको ज्या’न गएको छ । सोमबार ज्या’न गु’माउनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यो सँगै स्पेनमा मृ’त्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।

२४ घण्टामा स्पेनमा ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय ५६ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हालसम्म विश्वमा ७ लाख ८४ हजार ४ सय ४० जना मानिस कोरोना भाइरसको सं’क्रमणबाट सं’क्रमित भएका छन् । ३७ हजार ७ सय ८१ जनाको ज्या’न गएको छ ।

प्रतिक्रिया दिनुहोस