भारतमा कोरानाबाट मृ’त्यु हुनेको संख्या ३२ पुग्यो, १२ सय भन्दा बढी सं’क्रमित


एजेन्सी, १८ चैत । भारतमा कोरोना भाइरसका कारण सोमबार मात्रै ५ जनाको ज्या’न गएको छ । यो सँगै भारतमा कोरोनाबाट मृ’त्यु हुनको संख्या ३२ पुगेको छ ।

सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृ’त्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृ’त्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृ’त्यु भएको छ ।

उनीहरुको सोमबार कोरोनाका कारण मृ’त्यु भएको पुष्टि गरिएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै, सोमबार नै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृ’त्यु भएको छ । मध्यप्रदेशमा योसहित मृ’त्यु हुनेको संख्या ४ पुगेको छ ।

त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृ’त्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् ।

पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना सं’क्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृ’त्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृ’त्यु हुनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म भारतमा १२ सयभन्दा बढीलाई संक्रमण पुष्टि भएको । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्सले जनाएको छ । भारतमा साेमबार मत्रै २२७ जनामा थप काेराेना सं’क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस