खुशीको खबर : इटालीमा कोरोनाविरुद्धका ५ खोप परीक्षण हुँदै


इटाली, १८ चैत । इटालीमा कोरोना भाइरसविरुद्धका पाँच खोपहरू परीक्षण हुने भएको छ । इटालीको राजधानी रोम सहर नजिक रहेको क्यास्टेल रोमानोको बायोटेक कम्पनी टाकिसले कोभिड-१९ भ्याक्सिनको प्रि-क्लिनिकल मोडलहरूमा परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयबाट पनि अनुमति आइसकेको र खोपलाई मानव प्रयोगमा ल्याउने पहिलो चरणको काम पनि सुरु भै सकेको बायोटेक कम्पनीले जनाएको छ ।

सबैभन्दा पहिले खोपको परीक्षण जनावरहरुमा गरिने र परिणाम सन्तोषजनक भएमा भ्याक्सिन मे महिनाको अन्तिमतिर मानवमा परीक्षण गरिने पनि कम्पनीले जनाएको छ ।

टाकिसका अनुसन्धानकर्ताहरू इटाली र युरोपमा कोरोना खोप परीक्षण गर्ने पहिलो व्यक्तिहरू भएको इटालियन संचार माध्यमहरुले जनाएका छन ।

इटालीमा सोमबारसम्म सं’क्रमितहरु को संख्या एक लाख कटेको छ । त्यहाँ १०१७३९ जना स’ङ्क्रमित छन । नया स’ङ्क्रमितको संख्या २४ घन्टामा ४०५० छ जुन मार्च १७ पछि सबैभन्दा कम हो ।

आजसम्म मृ’त्यु हुने को संख्या ११५९१ पुगेको छ । जसमा ६३ जना स्वास्थ्यकर्मीको पनि मृ’त्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस