भक्तपुरबाट रामेछापको दोरम्बा लागि छुटेको जिप खाँडादेवीमा दुर्घटना, ३० जना घाइते

भक्तपुरबाट रामेछापको दोरम्बा लागि छुटेको जिप खाँडादेवीमा दुर्घटना, ३० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमामडौं, ८ चैत । भक्तपुरबाट गएको जिप रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका थिए ।

चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको डीएसपी पाठकले बताए ।

पाठकका अनुसार जिपमा सवार सबै भक्तपुर क्षेत्रमा मजदुरी गर्दै आएका मानिस र तिनका परिवार रहेका छन् ।