इजरायलका प्रधानमन्त्री नेतान्याहू १४ दिने ‘आइसोलेसन’मा


एजेन्सी, १८ चैत । एक संसदीय सहयोगीलाई कोरोना भाइरस भएको पुष्टि भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १४ दिन ‘आइसोलेसन’मा बस्ने भएका छन् ।
यद्यपी नेतान्याहूको कोरोना भाइरस परीक्षण भने नेगेटिभ आएको थियो ।

सोमबार गरिएको परीक्षणमा प्रधानमन्त्री नेतान्याहुसहित उनको परिवार र कर्मचारी पनि नतिजा ‘नेगेटिभ’ आएको थियो ।

उनीहरूमा सं’क्रमण नदेखिएपनि त्यहाँको स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आउने जोकोही १४ दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्छ ।

सोही नियम अनुसार ७० वर्षीय प्रधानमन्त्री १४ दिन आइसोलेसनमा बस्ने भएका हुन् ।

नेतान्याहुका प्रवक्ताले ट्वीटरमार्फत प्रधानमन्त्री, उनका परिवार र कर्मचारी सबैको कोरना भाइरस परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको जानकारी दिएका हुन् ।

ट्वीटरमा उनले नेतान्याहू स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार क्वारेन्टाइनमा बस्ने बताएका छन् ।

इजरायलमा हालसम्म ४ हजार ६ सय ९५ जनामा कोरोना भाइरसको सं’क्रमण भेटिएको छ भने १६ जनाको ज्या’न गएको छ ।

प्रतिक्रिया दिनुहोस