हवाई टिकटको पैसा २६ चैतपछि पुरै फिर्ता गर्ने वायुसेवा कम्पनीको प्रतिबद्धता

हवाई टिकटको पैसा २६ चैतपछि पुरै फिर्ता गर्ने वायुसेवा कम्पनीको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेको टिकटको पैसा पुरै फिर्ता हुने आन्तरिक वायुसेवा कम्पनीहरुले जानकारी गराएका छन् ।

सरकारले यसअघि १८ चैतसम्मका लागि मात्र लकडाउन घोषणा गरेका थियो । त्यसपछि यातायात सुचारु हुने सोंचले वायुसेवा कम्पनीका टिकट बिक्रि गरिएको थियो । तर, आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म पुर्याएपछि सो अवधिका लागि काटिएको टिकटको पूरै पैसा फिर्ता हुने भएको हो ।

बुद्ध एयरले टिकटको पुरै पैसा फिर्ता हुने जानकारी गराएको छ । तर, पैसा भने २६ चैतपछि सम्बन्धित ट्राभल एजेन्सी वा बुद्ध एयरको कार्यालयबाट पाप्त गर्न सकिने भएको छ । कम्पनीले कोभिड १९ को सम्भावित जोखिमलाई टार्न सबै जनालाई घरमै बस्ने समेत आह्वान गरेको छ ।

यति एयरलाइन्सले समेत यस अवधिमा काटेको टिकटको पुरै पैसा फिर्ता हुने जनाएको छ । वा यात्रुले यात्राको पुनतालिका गर्न सक्ने भएका छन् । यसका लागि पनि यात्रुले २६ चैतसम्म भने कुर्नु पर्नेछ ।

कम्पनीले समेत सरकारको लकडाउन गर्ने निर्णयमा ऐकिवद्धता जनाउँदै यात्रुले कम्पनीको कार्यालय वा टिकट खरीद गरेको एजेन्सीमार्फत टिकट फिर्ता लिन सक्ने जनाएको छ ।