लकडाउन : मंगलबार बिहान ९ बजेसम्म मात्रै उपत्यकाबाट २३ सयभन्दा बढी नियन्त्रण

लकडाउन : मंगलबार बिहान ९ बजेसम्म मात्रै उपत्यकाबाट २३ सयभन्दा बढी नियन्त्रण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । मंगलबार उपत्यकामा लकडाउन उल्लंघन गर्ने २३ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान ९ बजेसम्म उपत्यकाभरिबाट २३ सय ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट एक हजार ४ सय ६७ पुरूष र महिला ३८० गरी जम्मा एक हजार ८ सय ४७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

त्यस्तै, भक्तपुरमा चार महिलासहित ५० जना र ललितपुरमा एक सय ६ महिलासहित चार सय ८६ जनालाई नियन्त्रणमा लिएको छ ।

यसैगरी काभ्रेबाट १०८ जनालाई नियन्त्रणमा लिइएको छ ।