कोरोना सं’क्रमित मानिसलाई रोक्न वडाध्यक्षको आदेशमा भत्काइएको झोलुंगे पुल तिब्र आलोचनापछि फेरी जोड्न थालियो

कोरोना सं’क्रमित मानिसलाई रोक्न वडाध्यक्षको आदेशमा भत्काइएको झोलुंगे पुल तिब्र आलोचनापछि फेरी जोड्न थालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १८ चैत । कोरोना सं’क्रमितहरू आउन नसकुन भन्ने सोचकासाथ प्युठानको स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष हिरामणि भण्डारीले सोमबार भत्काउन लागाएको पुलको समाचार भाइरल भएपछि फेरी जोड्न लगाएका छन् ।

वडाध्यक्षले केहि मानिस बोलाएर रोल्पा र प्युठान जोड्ने लुम्दी खोलाको झोलुंगे पुल धमाधम भत्काएका हुन् ।

‘चोर बाटोबाट मानिसहरू आउन थालेका वडामा को आयो को गयो थाहा नहुने भएकाले पुल भत्काउन लगाएको हुँ,’ भण्डारीले मंगलबार भने,‘त्यो पुलबाट भारत र रोल्पातिरबाट धेरै मानिस नआऊन् भनेर त्यस्तो गरेको हो ।’

उनले आफ्नो वडामा रहेका पाँचमध्ये एउटा झोलुंगे पुलमात्र भत्काइएको बताए ।

‘त्यो यहाँका मान्छेलाई अपायक पर्ने पुल थियो । रातिराति पनि मान्छे हिँड्न थालेकाले भत्काउन लगाएको हुँ,’ उनले भने ।

यसअघि विभिन्न ठाउँमा आफ्नो टोलमा पस्न नदिन स्थानीयले सडक खन्ने, बन्द गर्ने गरेका थिए । तर कोरोना रोकथाम गर्ने भन्दै वडाध्यक्षले पुल भत्काउन लगाएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भयो ।

‘यहाँका जनताले त केही विरोध गरेका छैनन् तर बाहिरकाले विरोध गरेर फेसबुकमा भाइरल बनाए छन् । मुख्यमन्त्रीसम्म नै कुरा पुर्‍याएपछि आज पुल जोड्न लगाएको छु,’ वडाध्यक्ष भण्डारीले भने,‘पाता राखिसकिएको छ। अब कस्न बाँकी छ ।’