विदेशबाट फर्केकाबारे जानकारी दिनेलाई गाँपालिकाले ५ हजार पुरस्कार दिने !

विदेशबाट फर्केकाबारे जानकारी दिनेलाई गाँपालिकाले ५ हजार पुरस्कार दिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ चैत । सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन विदेशबाट फर्केर आएकाहरुको निगरानी गर्ने नयाँ जुक्ति निकालेको छ ।

उक्त गाउँपालिकाले प्रहरी, प्रशासनसहितको संयन्त्रमार्फत विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने लाई पुरस्कारको ब्यबस्था गरेको छ ।

गाउँपालिकाले विदेशबाट आएर घरैमा बसिरहेका कोही भए जानकारी दिन आग्रह गर्दै त्यस्तो जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

संक्रमणको सम्भावित जोखिम हुन नदिन माइकिङ र अरु माध्यमबाट सन्देश प्रवाह गर्ने काम समेत गाउँपालिकाले गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार विदेशबाट आएर घरै बसिरहेका सबैबारे जानकारी नहुन सक्ने भएकाले गाउँले, छरछिमेकले जानकारी दिन सकुन् भनेर पुरस्कारको घोषणा गरिएको हो ।

उक्त गाउँपालिकामा हालसम्म रोजगारीका लागि विदेशमा भएका तर हालै फर्किएकाको संख्या ५ रहेको पाइएको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूका अनुसार जिल्लाभर विदेशबाट फर्केकाहरुको खोजी गर्ने काम भइरहेको छ । चैत सुरु भएयता हालसम्म विदेशबाट १८ जना आएको विवरण प्राप्त भएको उनले बताए ।