२ बच्चासहित ३०२ अमेरिकी लिएर कतार एयरवेज दोहा उड्यो

२ बच्चासहित ३०२ अमेरिकी लिएर कतार एयरवेज दोहा उड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । कतारबाट खाली आएको कतार एयरवेजको वाइडबडी विमान लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी पर्यटकलाई लिएर मंगलबार फर्केको छ ।

त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलका अनुसार, यो चार्टर उडान काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि ल्याएको हो । दोहाबाट उनीहरु कतारकै अर्को विमानमा वासिङ्टन जाने कतार एयरवेजको काठमाडौं कार्यालयले जनाएको छ ।

जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्डबाहक नेपाली पनि रहेको एक अधिकारीले बताए । यस उडानमा दुई जना शिशु रहेका छन् ।

कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि तीनवटा चार्टर उडान गरिसकेको छ । यसैबीच लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान भोलि दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने तयारीमा छ ।