२०७७ सालको सार्वजनिक विदाहरूकाे सूची सार्वजनिक : दशैँ कात्तिक १० र तिहार मंसिर १ गते

२०७७ सालको सार्वजनिक विदाहरूकाे सूची सार्वजनिक : दशैँ कात्तिक १० र तिहार मंसिर १ गते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । सरकारले २०७७ सालको सार्वजनिक विदाहरूकाे सूची सार्वजनिक गरेकाे छ ।

सूचीअनुसार २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । भने तिहार मंसिर १ गते परेको छ ।

२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइनेछ ।

त्यस्तै कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म तिहारको सार्वजनिक विदा पाईनेछ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हपूजा र मंसिर १ गते सोमबार गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकैदिन परेको छ ।