डा भट्टराईको प्रश्न : ‘विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरू, घर फर्कनका लागि नाराबाजी गर्नपर्ने ?’

डा भट्टराईको प्रश्न : ‘विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरू, घर फर्कनका लागि नाराबाजी गर्नपर्ने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्दार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर माफर्त डा भट्टराईले विदेशमा रगत–पसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरु घर फर्कनका निम्ति नाराबाजी गर्नपर्ने लाजमर्दो कुरा भएको भन्दै त्यस्तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको सं’क्रमणबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने वेला मुलुक प्रवेश गर्दा भिडभाड जोखिमपूर्ण हुने भन्दै सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यान दिनुपर्ने होइनर ? भन्दै प्रश्न गरेका छन् ।

विभिन्न मुलुहरु र नाकाहरुमा कयौं नेपाली अलपत्र परिरहेकोले अब त कुम्भकर्णे निद्राबाट उठ सरकार भन्दै आक्रोस व्यक्त गरेका छन् ।

उहाँले ट्वीटरमा लेखेका छन् – जसले विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धानेका छन् तिनैले घर फर्कनका निम्ति नाराबाजी गर्नपर्नु कति लाजमर्दो कुरा ? भौतिक दूरी कायम गर्नुपर्ने वेला यस्तो ठेलमठेल कति जोखिमपूर्ण ? सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यानदिनुपर्ने हैन ? अब त कुम्भकर्णे निद्राबाट उठ सरकार ?

भारतमा काम गर्न गएका नेपालीहरु सरकारले प्रवेश गरिसकेकाहरु क्‍वनरेन्टाइनमा बस्न नमानेका कारण थप आउन खोज्नेबाट कोरोनाको सं’क्रमण फैलनसक्ने भन्दै लकडाउनका साथै सिमा नाकाहरु समेत बन्द गरेको छ ।