‘आकाशसँग बिहे कहिले हुन्छ ?’ भन्ने फ्यानको प्रश्नमा यस्तो आयो पूजाको जवाफ ! (भिडियो हेर्नुस )


काठमाडौं, १८ चैत । चलचित्र ‘रामकहानीमा’ एकसाथ काम गरेपछि पछिल्लो समयकी चर्चित नायिका पुजा शर्मा र हेन्डसम नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै रुचाए । उनीहरुलाई रियल लाइफमा पनि जोडी भएको हेर्न चाहने दर्शकको संख्या धेरै छ । चलचित्र बजारमा पुजा र आकाश मायामा रहेको चर्चा पनि चल्ने गर्दछ । तर, यो जोडीले अहिलेसम्म यो कुरा स्विकार भने गरेको छैन ।

यसैबीच घरमै बसिरहेकी नायिका पुजा शर्मालाई सामाजिक संजालमा शुभचिन्तकहरुले सोधेको प्रश्नको जवाफ पूजाले दिएकी छिन ।

पुजाले प्रश्न सोध्न आग्रह गरेपछि उनका शुभचिन्तकहरुले उनलाई रमाइला प्रश्न सोधेका छन । एक शुभचिन्तकले उनलाई नायक आकाश श्रेष्ठसँग बिहे कहिले हुन्छ भनेर सोधेका हुन । जसमा पुजाले आकाश मिल्ने साथी भएको जवाफ दिएकी छिन । तर, उनले आफुले बिहे गर्ने बताएकी छिन ।

थप भिडियोमा हेर्नुस्-

प्रतिक्रिया दिनुहोस