कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७८ हजार नाघ्यो, संक्रमित १४ लाख नजिक (कुन देशमा कति)

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७८ हजार नाघ्यो, संक्रमित १४ लाख नजिक (कुन देशमा कति)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १३ लाख ८० हजार २ सय ११ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ७८ हजार २ सय २६पुगेको छ । भने २ लाख ९५ हजार ७ सय ६४ निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ३ लाख ७७ हजार ६ जनामा ५ जना कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि ११ हजार ७ सय ८४ पुगेको छ ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ४० हजार ५ सय ११ र १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १६ हजार ५ सय २३ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १३ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म १३७ जनाको ज्यान गइसकेको छ । भने संक्रमितको संख्या ५ हजार १ सय ७२ पुगेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन ।

पुरा देशको तालिका तल हेर्नुहोस :

०००

यो पनि

साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा सङ्क्रमण हुनसक्ने : स्वास्थ्य मन्त्री

रियाद, २५ चैत। साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिनुभएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिनुभएको जनाएको हो ।

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भन्नुभयो, “अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।”

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।