आज फेरी एकै दिन थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३ हजार ४४८

आज फेरी एकै दिन थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३ हजार ४४८

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज शनिबार थप २२३ जनामा संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

त्यसै गरि कोरोनालाई जितेर निको भै घर फर्किनेहरुको संख्या ४६७ पुगेको छ । हालसम्म देशभरका ७१ जिल्लामा कोरोना फैलिएको छ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ।