आज एकै दिन थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ३२ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज एकै दिन थप ४२५ जनामा संक्रमण पुष्टि बहेको छ । नया सक्रमितहरुमा  पुरुष ३७५ जना र ५० जना महिला रहेका छन ।

संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा २७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १० जना, नारायानित अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ३४ जना, पोखरामा गरिएको परिक्षणमा २ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ६४ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५६ जना, जनकपुरमा गरिएको परिक्षणमा १८ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ४७ जना, प्रादेशीक अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ६९ जना, हेटौडामा गरिएको परिक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा २५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ६२ जना रहेका छन ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुगेको छ । त्यसै गरि १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९७४ जना निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस