काठमाडौँमा १० सहित आज थप १३३ जनामा कोरोना संक्रमण, थप १ को मृत्यु

काठमाडौँमा १० सहित आज थप १३३ जनामा कोरोना संक्रमण, थप १ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको शुक्रबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १३३ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यो संगै नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । त्यसै गरि गत २४ घण्टामा १०७ जना निको भएर डिस्चार्ज भएका छन । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । पर्सा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको शुक्रबार बिहान ९:४५ नारायणी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित थिइन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।