पार्टी एकता थप मजबुद गर्न उपाध्यक्ष गौतमका ६ बुँदे प्रस्ताव

पार्टी एकता थप मजबुद गर्न उपाध्यक्ष गौतमका ६ बुँदे प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकतालाई थप मजबुद बनाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ६ बुँदे प्रस्ताव बुझाउनु भएको छ ।

पार्टीमा देखिएका समस्यालाई समाधान गर्नका लागि उहाँले ती प्रस्ताव अध्यक्षद्वयलाई बुझाउनुभएको उहाँका स्वकीय सचिव दीपक टमटाले जानकारी दिनुभयो ।

उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गर्नुभएको हो । त्यस्तै अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उहाँको छ ।

यसैगरी पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उहाँको प्रस्ताव छ । उपाध्यक्ष गौतमको प्रस्तावमा प्रधानमन्त्रीका दैनिक कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन एंव राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने रहेको छ ।रासस