प्रहरी कै अगाडि सुन र पेस्तोल फ्याँकेर भाग्ने अझै फरार

प्रहरी कै अगाडि सुन र पेस्तोल फ्याँकेर भाग्ने अझै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीकै अगाडि हा’तह’तियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

 

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

गाडीको कुन खालको कस्तो गिरोह थियो भन्नेसमेत प्रहरीले सुईको पाउन सकेको छैन । काठमाडौँको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिक उक्त घटना भएको हो । गाडीसहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ज्ञावालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

कल बाइपासमा संलग्न पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भक्तपुर मध्यपुरथिमी नगरपालिका–५ घर भई काठमाडौँको बौद्ध बस्ने हरिशंकर श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा फेला पारी सोमबार पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । श्रेष्ठबाट ८ पोर्टको एक थान ओपन भोक्स गेटवे, एक थान चार्जर र आठ थान एनसेलको सीमकार्ड बरामद भएको छ । रासस