सत्याग्रहीको माग चाँडो पूरा गर्नुहोस् : नेता सिंह

सत्याग्रहीको माग चाँडो पूरा गर्नुहोस् : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरसको सबल व्यवस्थापन र जीवन रक्षा गर्न माग गर्दै युवाले वसन्तपुरमा शुरु गरेको सत्याग्रहमा आज ऐक्यबद्धता जनाउँदै उहाँले कोरोना परीक्षणको दायरा बढाएर सत्याग्रहीले राखेको माग पूरा गर्न आग्रह गर्नुभयो ।

इनफ इज इनफ समूहका युवाले गरेको सत्याग्रहमा उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमित बढ्दा सरकार सचेत भएन सरकारले पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ ।” काँग्रेसका पूर्वमहामन्त्री सिंहले भन्नुभयो, “एघार दिनदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयास राम्रो भएको छैन, युवाको माग सरकारले चाँडो पूरा गर्नपर्छ ।” सत्याग्रहीका मागमा पूर्वमन्त्री एवं काँग्रेस नेता नविन्द्रराज जोशी, पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, काँग्रेस काठमाडौँका नेता राजुराज जोशीले ऐक्यबद्धता जनाउनुभएको छ । रासस