आज सुनको भाउमा फेरी अर्को नया रेकर्ड कायम

आज सुनको भाउमा फेरी अर्को नया रेकर्ड कायम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, १४ साउन । लकडाउन पछी उकालो लागेको सुनको भाउले आज पनि फेरि नया रेकर्ड बनाएको छ । आज प्रतितोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबारको तुलनामा आज प्रतितोला ३०० रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यसैगरी चाँदीको मूल्य भने आज प्रति तोला २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेर प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ ।