सिँचाइ कुलोमा मृत फेला

सिँचाइ कुलोमा मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।