कर्णालीमा पानीको बहाव बढ्यो

कर्णालीमा पानीको बहाव बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी, १५ साउन । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिनुभयो । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिनुभयो । आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको छ ।

वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिनुभयो । स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ । नदीमा बनाइका पुल वर्षाैंदेखि पुराना र जीर्ण बन्दै गएका छन् । नदीमा पानीको बहाव नाप्ने यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ ।कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो ।