निर्मला पन्त ह’त्या प्रकरण : प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

निर्मला पन्त ह’त्या प्रकरण : प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ब’लात्कारपछि ह’त्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसु’र र या’तना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आ’रोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो । जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले निर्मला ह’त्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु न’ष्ट नगरेको देखिएकाले सफाइ पाएको बताउनुभयो ।

“निर्मलाको घाँटी थिची ह’त्या भएको सम्बन्धित प्रमाण नष्ट भएको अवस्था देखिएन”, श्रेष्तेदार शर्माले भन्नुभयो, “यी प्रतिवादीहरुको आरोप पुष्टि हुने कुनै आधार देखिएन ।” निर्मला प्रकरणमा ह’त्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हि’रासतमा या’तना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उक्त प्रकरणमा प्रमाण न’ष्ट गरेको आ’रोपमा आठै जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध २०७५ फागुन २३ मा मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएका मध्ये प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बन परेका छन् । अदालतमा सो मुद्दामा थुनचेक बहस हुँदा प्रहरी कर्मचारीहरु धरौटीमा रिहा भएका थिए । निर्मला ह’त्या प्रकरणको अनुसन्धानमा प्रहरीले ला’परवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औँल्याइएको थियो । रासस