बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १६ साउन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।