आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । कोरोनाभाइरस कोभिड-१९ बाट आज थप २२४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा १२ हजार १११ जना आशंकित छन् । पछिल्लो चौबीस घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।