रानीकोट गढीका सिँढी तथा प्रवेशद्वार निर्माण सम्पन्न

रानीकोट गढीका सिँढी तथा प्रवेशद्वार निर्माण सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ साउन । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवद्र्धन आयोजनाअन्तर्गत रु एक करोडको लागतमा निर्माण भएको सिँढी तथा प्रवेशद्वारको सङ्घीय सांसद एवंपूर्वमन्त्री महेश बस्नेत आज उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरको आर्थिक उन्नतिको मेरुदण्डको रुपमा पर्यटन क्षेत्र रहेको बताउँदै पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन, संरक्षण तथा सम्बद्र्धन गर्नु तीनवटै तहका सरकारले विशेष योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रबाट सरकारलाई आर्थिक वृद्धिदर हासिल गर्नुका साथै हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताउँदै उहाँले भक्तपुरको पर्यटनको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । डेढ दर्जनभन्दा वढी हिमालको अवलोकन गर्न सकिने तथा उपत्यकाका मनोरम दृश्यावलोकन गर्न सकिने रमणीयस्थलको रुपमा रहेको रानीकोटको विकास तीव्ररुपमा भइरहेको बताउनुभयो ।

रानीकोट, घ्याम्पे डाँडालगायत सूर्यविनायक क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा सूर्यविनायक, जगाती, गुण्डु, बालकोटलगायत क्षेत्रबाट जान मिल्ने गरी चौतर्फीरुपमा सडक निर्माण भएको, करोडौँको लागत होटलको निर्माण भइरहेको, इको भिलेज, बञ्जी जंम्प, प्याराग्लाइडिङदेखि जीप लाइनसम्मको निर्माण कार्य शुभारम्भ भइसकेकाले अबको केही वर्षमै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सांसद बस्नेतले बताउनुभयो ।

रानीकोट भक्तपुरको मात्र नभई मुलुककै पर्यटकीयस्थलको रुपमा परिचित भएको चर्चा गर्दै गर्दै उहाँले कोभिड–१९ को सङ्क्रमणको जोखिमले सुस्ताएको पर्यटनलाई फेरि ब्यूँताएर लैजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापाले रानीकोटका विकासका लागि बजेट ल्याउन सफल भएको बताउँदै तीनवटै तहको बजेटले अबको केही वर्षमा भक्तपुरको मुहार फेरिदिने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं ८ का वडा अध्यक्ष किरण थापा र पनौती नगरपालिका–१ का अध्यक्ष गुणनाथ सापकोटालगायतले रानीकोटको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवद्र्धन आयोजना अन्तर्गत रु एक करोडको लागतम निर्माण सम्पन्न सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने पर्यटकीयस्थल प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको उद्घाटनपछि पैदलयात्रा गर्दै प्रतिनिधीसभा सांसद महेश बस्नेत, साथमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापालगायत । तस्वीर ः रमेश गिरी÷ रासस