काठमाडौँ, १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औँ स्मृति दिवसका अवसरमा २६औँ ‘प्रकाशमानव अधिकार पुरस्कार–२०७६’ द्धारा बाजुराका डा रुपचन्द्र विश्वकर्मा पुरस्कृत हुनुभएको छ । विश्वकर्मा बाजुराको जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ । कोभिड–१९ को जोखिमका कारण विश्वकर्मा इन्सेकले आज आयोजना गरेको २८औँ प्रकाश स्मृति दिवस तथा २६औँ प्रकाशमानव अधिकार पुरस्कार घोषणा समारोहमा आउन सक्नुभएन । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्व. प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पु¥याउनु भएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै बाजुराका डा विश्वकर्मालाई पुरस्कृत गरेकोप्रति खुशी व्यक्त गर्दै बधाई दिनुभयो ।
इन्सेक अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पु¥याउनु भएको योगदानका लागि २५ जनालाई यसअघि प्रकाशमानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण यो वर्ष पहिलो पटक पुरस्कृत व्यक्तिको उपस्थिति बिना कार्यक्रम गर्नु परेको र इन्सेकका सात प्रदेशमा रहेका प्रदेश तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई आधार मानेर समितले पुरस्कृत व्यक्तित्व छनोट गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया