धारिलो हतियार प्रयोग गरी श्रीमतीको ह त्या, श्रीमान गम्भीर घाइते

धारिलो हतियार प्रयोग गरी श्रीमतीको ह त्या, श्रीमान गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १७ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको ह त्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको ह त्या गरिएको बताउँदै उहाँका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिनुभयो । उहाँले अज्ञात समूहकै आक्रमणबाट ह त्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताउनुभयो । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भन्नुभयो, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”

उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भन्नुभयो ।