कास्की, १७ साउन । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद)का अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रमुख शेरचनले आज एक शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा धर्मावलम्बीका धार्मिक तथा सांस्कृतिक चाडपर्वले विविधताका बीच एकआपसमा सहिष्णुता, आपसी सद्भाव र राष्ट्रिय एकता कायम गर्न सघाउ पु¥याएको बताउनुभएको छ । उहाँले बकर इदले राष्ट्रियताको रक्षा, आर्थिक सुशासन तथा सामाजिक न्यायको प्रवद्र्धनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिक्रिया