पोखरा समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग

पोखरा समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १७ साउन । पोखरा समाज अष्ट्रेलियाले यस वर्ष जिल्लाका विभिन्न स्थानमा गएको पहिरामा परी अकालमा मृत्यु भएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले पोखरा महानगरपालिका–१८ सराङकोट, माछापुच्छ«े गाउँपालिका–८ खोराकोमुख, हेमजा र लेखनाथ पैतेडाँडाको पहिरोमा मृत्यु भएका १० जनाको परिवारलाई जनही रु ११ हजार ५०० का दरले आज राहत दिएको हो । समाजका अध्यक्ष राजु अधिकारीले सङ्कलन गरी पठाएको रकम पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गण्डकीका अध्यक्ष धर्मसिंह लामिछाने, नेपाली काँग्रेसका स्थानीय नेता शिव तिमिल्सिना लगायतले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

सराङकोटमा पाँच, माछापुच्छ«ेमा तीन तथा हेमजा र लेखनाथमा गरी एक÷एक जनाको पहिरामा परी मृत्यु भएको थियो । पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष पौडेलले विपद्को घडीमा जन्मभूमिलाई सम्झेर पीडित परिवारलाई मलम पट्टी लगाउने र पीडामा साथ दिने काम गरेकामा समाजलाई धन्यवाद व्यक्त गर्नुभयो ।