चट्याङ लागेर दूधौलीमा एक जनाको मृत्यु

चट्याङ लागेर दूधौलीमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्र्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते हुनुभएको थियो । घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ । उपचारको लागि क्लिनिकमा लगिएको र आज उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।