लेबनानको राजधानी बेरुत विष्फोट : नेपालीहरु सकुशल

लेबनानको राजधानी बेरुत विष्फोट : नेपालीहरु सकुशल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विष्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।

“बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई भन्नुभयो ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विष्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

मङ्गलबार भएको शक्तिशाली विष्फोटमा परी १३५ जनाको मृत्यु हुुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली रहेका छन् ।