काठमाडौँमा ८७ जना सहित आज थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँमा ८७ जना सहित आज थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३६० जनामा संक्रमण पुष्टि भएको छ । यस मध्य काठमाडौं उपत्यकाका ८७ जना रहेका छन् । काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ ।

संक्रमित मध्ये १५ हजार ३८९ जना निको भएर घर फर्की सकेका छन् भने हाल सम्म ६५ जनाको मृत्यु भएको छ । हाल सम्म ४ लाख १९ हजार ५७५ जनाको पिसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।