पहिलो पटक सुनको मूल्यमा आयो गिरावट

पहिलो पटक सुनको मूल्यमा आयो गिरावट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ६ सयमा कायम भएको छ ।

पछिल्लो समय उकालो लागेको सुनको मूल्य पहिलो पटक यति धेरै गिरावट आएको हो । अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गत शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।