केदानाथ स्मृति ग्रन्थ लोकार्पित


काठमाडौँ, २६ साउन । ज्योतिष भाषा शिरोमणि केदारनाथ तिमल्सिनाका बहुआयामिक व्यक्तित्व समेटिएको केदानाथ स्मृति ग्रन्थको लोकार्पण गरिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका गोठाटारस्थित राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिमा आयोजित कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले स्मृति ग्रन्थ लोकापर्ण गर्दै तिमल्सिनाको अध्यक्षतामा नेपालमा पहिलोपटक देशविदेशका ज्योतिषीको सङ्गठन गर्ने÷गराउने उद्देश्यमा राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति गठन भएको बताउनुभयो । उहाँले देशविदेशमा भएका ज्योतिष सम्मेलन तथा धार्मिक गोष्ठीमा भाग लिँदै तिमल्सिना ज्योतिष भाषा शिरोमणि, ज्योतिष महाचार्य, वेद्विज्ञ तथा पौराणिक शिरोमणिलगायत दर्जनौँ मानसम्मानबाट विभूषित हुनुभएको उल्लेख गर्नुभयो ।

सो अवसरमा वाल्मीकि रामायणमा विद्यावारिधि गर्नुभएका डा सुबोध शुक्ला, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका अध्यक्ष तिलकराज पौडेल, धर्मशास्त्र अध्येताका हैसियतले पं माधव रिजाल, ग्रन्थ प्रकाशिन समितिका तर्पmबाट श्रीमती राधा तिमल्सिना, स्मृति ग्रन्थ सम्पादन मण्डलका तर्पmबाट ज्योतिर्विद् रत्ननिधि रेग्मी ‘शुक्राचार्य’लगायतले केदार गुरुप्रति कवितासहित स्मृति ग्रन्थका विषयमा टिप्पणी गर्नुभएको थियो ।

करीब ६९२ पृष्ठाको कलेवरमा प्रकाशित ग्रन्थलाई सामाजिक सञ्जालबाट पनि अध्ययन गर्न सकिने जनाइएको छ । तिमल्सिनाका अर्धकदको सालिक निर्माण गर्न लागि रु एक करोड एक लाखको अक्षयकोष राखिएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस