बिजय शाहीले आफ्नो मेमरी पावर देखाउदा माग्ने बुडो तिन छक्क, दिएका थिए नेपाल मै एउटा मात्र भएको किताव पढ्न (भिडियो)


काठमाडौँ, २६ साउन । केहि सेकेन्ड मै पुरा किताबको पेज याद गर्न सक्ने बिजय शाही पछिल्लो समय बिबादमा पनि आएका छन । सुरुमा उनको प्रतिभालाई सबैले वावाही गरेपनि रिपोर्टर्स क्लवमा भएको घटना पछी भने धेरैले आशंका पनि गर्दै आएका छन ।

यसै बीच चर्चित कमेडियन कलाकार केदार घिमिरे माग्ने बुढाको सामु बिजय शाहीले डेमो दिएका छन । कलाकार घिमिरेले शाहीलाई नेपालमा एक मात्र भएको किताव पढ्न लगाएका थिए । कमेडी सम्बन्धि उक्त अंग्रेजी कितावको एक देखि २५ पेज सम्म पढ्न लगाएर १९ र २० नम्बर पेजको शब्द भने लेख्न लगाएका थिए ।

सबैको दर्शकको विस्वास मिलोस भनेर माग्ने बुढाले क्यामेरा कोठामा नै राख्ने भने पनि फर्मुला लिक हुने भन्दै बिजय शाहीले फर्मुला प्रयोग गर्ने बेला भने क्यामेरा बाहिर लैजान आग्रह गरेका थिए । तर कोठा भित्र कोहि जान र बाहिर आउन भने रोकिएको थियो । उनले फर्मुला प्रयोग गर्न करिब २ घण्टा लगाएका थिए । त्यसपछि केहि मिनेट लगाएर उनले दुई पेज लेखेका थिए ।

कुनै चलाखी हुन्छ कि भनेर निक्कै सतर्कताका साथ डेमो लिएका कलाकार घिमिरे बिजय शाहीको मेमरीको नतिजा देखेर नतमस्तक भएका थिए । उनको यो प्रतिभालाई देखेर सम्बन्धित निकायलाई ध्यान दिन समेत अनुरोध गरेका थिए ।

कलाकार माग्ने बुढाले बिजय शाहीलाई शुभकामना दिदै भविष्यमा फर्मुला सिकाउने भए आफु पहिलो बिद्यार्थी बन्ने समेत प्रतिबद्दता गरेका छन ।

हेर्नुहोस उनको डेमोको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस