आज पनि काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २७ साउन । आज मंगलबार कोरोना भाइरस कोभिड-१९ बाट काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६३८ जनामा संक्रमण देखिएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । गत २४ घण्टामा १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । त्यस्तै कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस