पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता फुटबल खेल्ने पहिलो पुस्ताका फुटबल खेलाडी सुब्बाको निधन
नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षका उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा आज निधन भएको हो । मुटुमा समस्या देखिएपछि उहाँलाई केन्द्रमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा हुनुहुन्थ्यो । नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यस बेला नरशमशेर जबरा हुनुहुन्थ्यो ।
सुब्बा भारतको दार्जिङमा जन्मिनुभएको थियो । पछि फुटबल खेल्न नेपाल आउनुभएको हो । उहाँ बाँचुञ्जेल काठमाडौँमैँ बस्नुभयो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिनाअघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताउनुभयो । पछि मुटुमा समस्या देखिएपछि उहाँलाई केन्द्रमा भर्ना गरिएको थियो । रासस