बलिवुड अभिनेता संजय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर

बलिवुड अभिनेता संजय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलिवुडका चर्चित अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

६१ वर्षीय अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका उड्ने तरखरमा छन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । सोहि समय उनको कोरोना परिक्षण गर्दा त्यसको रिपोर्ट भने नेगिटिभ आएको थियो ।

२ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । मंगलबार उनलाई क्यान्सर भएको रिपोर्ट आएपछि उनि स्तब्ध भएका छन् । उनले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिएको हुदा आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए । उनले ट्वीटमा भनेका छन्  – तपाईहरुको माया र सद्भावले म चाडै फर्किने छु ।