काठमाडौँमा दुई दिन देखि बेपत्ता कान्तिपुरका बरिष्ठ पत्रकार बलराम बानियाको शव मकवानपुरमा फेला

काठमाडौँमा दुई दिन देखि बेपत्ता कान्तिपुरका बरिष्ठ पत्रकार बलराम बानियाको शव मकवानपुरमा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २८ साउन । सोमबारदेखि सम्पर्क बिहिन भएका कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाको शव फेला परेको छ ।

परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका उनको मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

सम्पर्क विहिन भएपछि बानियाका परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा खोजीका लागि निबेदन दिएका थिए । प्रहरीका अनुसार सोमबार दिउसो तिर उनि राजधानीको बल्खु खोलाको पुल मुनि गएको र उनको जुत्ता हिलोमा अड्किएर पानीको बहाव बढेसंगै बगाएर लगेको खुलेको छ । उक्त समय स्थानीयले उद्दार गर्न खोजे पनि पानीको बहाव बढेपछि असफल भएका थिए । त्यस बेला भने उनको पहिचान खुल्न सकेको थिएन ।

पछी खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । उक्त स्थानमा फेला परेको जुत्ता भने बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। हाल उनि कान्तिपुर दैनिकका सहायक–सम्पादक पदमा कार्यरत थिए ।