पहिराले रुकुम भूमेका सात घर उच्च जोखिममा

पहिराले रुकुम भूमेका सात घर उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपूर्व, २८ साउन । भूमे गाउँपालिका–७ भित्रिवनका सात घर पहिराको उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण भित्री वनका धनिमान केसी, मनोज ओली, कर्मु ओली, भीमबहादुर डाँगी, राजेन्द्र रोका, बखत रोका र कलमसिं बिसीको घर पहिराको उच्च जोखिममा परेको वडाध्यक्ष धनमान रोका मगरले जानकारी दिनुभयो ।

यही साउन १९ गतेदेखिको अविरल वर्षाका कारण घरमुनि बाट पहिरो झर्दा ती घर उच्च जोखिममा रहेका वडाध्यक्ष रोकाले बताउनुभयो । सात घरमध्ये बखत रोका र भीमबहादुर डाँगीका परिवार भने सुरक्षित ठाउँमा बसाइँ सरेका छन् । उक्त जोखिम क्षेत्रको वडाध्यक्ष रोकाले पनि स्थलगत अनुगमन गर्नुभएको छ ।

भित्री वनमा कमजोर माटो भएका कारण वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या हुने गरेको छ । यसैगरी हावाहुरी र पहिराले गर्दा वडाका लाबाङ, भित्रीवन, डाङरिबाङ, रिसललगायत ठाउँमा लगाइएको मकै बालीमा पनि क्षति पुगेको छ । हावाहरी र पहिराले वडाको कुन ठाउँमा के कति क्षति भएको छ भनेर विवरण सङ्कलन भइरहेको वडाध्यक्ष रोकाले बताउनुभयो । हाल उक्त वडामा कृषि सडकसहित दाङ, रोल्पा, पुथा शहीद मार्ग खण्डको सडकमा पहिरो झर्र्दा पूर्ण रुपले सडक अवरुद्ध भएको छ