काठमाडौँ उपत्यकामा एकै दिन १२७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, २९ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५२५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसको पुष्टि गरेको हो । विगत २४ घण्टामा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा संक्रमित हुनेहरु मध्ये काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ जना पुगेका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ जना पुगेको छ । मृतक मध्य ७३ जना पुरुष र २२ जना महिला रहेका छन् ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । भने हाल सम्म १६ हजार ८३७ जना निको भएका छन ।

प्रतिक्रिया दिनुहोस