प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित

प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २९ साउन । प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ । समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो ।